फागुन २३, काठमाण्डौ । कोभ्याक्स अन्तर्गतको पहिलो चरणको खोप नेपाल आइपुगेको छ ।
कोभ्याक्सले दिने भनिएको एक करोड ३० लाख डोज खोपमध्ये आज ३ लाख ४८ हजार डोज कोभिड–१९ विरुद्धको खोप आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको विमानस्थल कार्यालयले जनाएको छ । नेपालको खोप लगाउने जनसङ्ख्यामध्ये २० प्रतिशतलाई पुग्ने गरी चरणबद्ध रुपमा एक करोड ३० लाख डोज खोप निस्शुल्क उपलब्ध गराउने छ ।
कोभ्याक्सले नेपालमा प्रयोगमा ल्याइएको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप नेपाललाई उपलब्ध गराउन लागेको हो । विश्व स्वास्थ्य संगठन र ग्लोबल भ्याक्सिन अलाइन्स (गाभी) ले ‘कोभ्याक्स सुविधा’ अन्तर्गत २० प्रतिशत नागरिकलाई पुग्ने गरी खोप दिन लागेको हो । –सांकेतिक तस्विर