पोरफिरिया

    २२ फागुन, २०७७



  शरिरमा हुने रसायनिक प्रकृया पोरफिरिनमा हुने समस्या लाई पोरफिरिया भनिन्छ ।
यस प्रकारको समस्यामा हेमोग्लोविनमा समस्या आई शरिरको रक्तकोषमा कमी देखिन्छ भने छाला तथा स्वास्प्रश्वासमा असर पनि भेटिने गरेको चिकित्सकहरु बताउँछन् ।
लक्षण
१. वेस्सरी पेट दुख्नु
२. छातीमा असर देखिनु, खुट्टा र ढाडको दुखाई
३. कब्जियत वा पखाला हुनु
४. भमिट हुनु 
५. मांसपेशी गल्नु वा अशक्त हुनु
६. पहेँलो पिसाव वग्नु
७. मानसिक रोगी बन्नु, द्विविधा बढ्नु, केही नदेखिएको जस्तो अँध्यारो हुनु
८. शास फेर्न गाह्रो हुनु
९. पिसाव फेर्न गाह्रो हुनु
१०. मुटुको धड्कन तेज हुनु
११. उच्च रक्तचाप हुनु

छालामा देखिने पोरफिरिया
क) सुर्यको प्रकाशबाट संक्रमण हुने
ख) छालामा रातो धब्बा र सुन्निने हुनु
ग) छाला पातलो हुनु छालाको रङ्गमा कालो हुनु
घ) छाला चिलाउनु
ङ) छालामा रौंहरुको वृद्वि
च) पहेंलो पिसाब लाग्नु

कारण
  रगतको कमीबाट लाग्दा हाडका अस्थि मज्जा र कलेजोमा समस्या देखिने गर्ने भनिएको छ । 
कलेजोमा हुने समस्या, धुम्रपान, मध्यपानका कारण पोरफिरियाको समस्या देखिने गरिन्छ । 

ध्यान दिनुपर्ने कुराहरु
क) घाममा हिड्न नहुने
ख) चिकित्सकले सुझाएको औषधीको प्रयोग गर्नुपर्ने
ग) धुम्रपानको प्रयोग नगर्ने
घ) शारिरीक तनाव र अरु विरामको 
ङ) ख्याल राख्नुपर्ने
छ) भावानात्मक तनाव लिँदै नलिने
ज) मध्यपानको प्रयोग नगर्ने
एजेन्सी
 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post