फागुन १९, काठमान्डौ । सभामुख अग्निप्रसाद सापकोटासहित प्रतिनिधिसभाका सांसदहरुले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
बुधबार बिहान सिभिल अस्पताल पुगेर सभामुख सापकोटाले कोरोनाविरुद्धको खोप लगाए भने राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालले पनि बुधबारै खोप लगाईन् ।
संघीय संसदका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष, सांसदहरु, महासचिव, सचिव लगायतलाई बुधबार बिहान १० बजेदेखि चार बजेसम्म खोप लगाउने कार्यक्रम छ ।
सभामुख, अध्यक्ष, उपाध्यक्षका सचिवालयमा कार्यरत कर्मचारीहरु, हाजिरी व्यवस्थापनमा कार्यरत कर्मचारीहरु, मर्यादापालक र संसदीय मामिला पत्रकारहरुलाई पनि आजै खोप लगाउने कार्यक्रम निर्धारण गरिएको छ ।
पुनःस्थापना पछि फागुन २३ गते संघीय संसद्बैको ठक बस्दैछ । संसद् बैठकअघि सबैलाई कोरोनाविरुद्धको खोप अनिवार्य गरिएको छ ।