एलर्जीबाट मानिसमा दमको रोग हुन्छ भन्दा हाँसो हुन्छ । विश्वका ९०% देशहरुमा एलर्जिको संकट देखिने रिपोर्ट तयार भएको छ । विभिन्न धुलोका किटाणुहरु, विरालो, कुकर तथा जनवारका फोहोर तथा झ्याउहरुको कारण एलर्जीको लक्षण देखिने बताइन्छ ।
रोकथाम तथा सावधानीका उपाय
१. एलर्जीबाट टाढा रहने
२. चिकित्सकको सुझाव लिने
३. इम्युनोथेरापी गर्ने
एलर्जीका विकारहरु र दमको छनौट गर्नु राम्रो हुनेछ । एलर्जी हुनुभन्दा पहिले कारक तत्वहरुबाट टाढा रहनु प्राथमिक उपचार जस्तै हो । एलर्जी हुने मानिस स्वास्थ्यको बारेमा संवेदनशिल हुनुपर्ने कुरा नौलो भने पट्टक्कै होइन ।
धुलाको किटाणुहरु
धुलोका कणहरुमा किटाणु हुने गर्दछ । सिरकको खोल, तन्ना, म्यार्टेस, बक्स स्प्रिङ्गमा धुलोका कणहरु हुनाले दिनहुँ सफा गर्ने बानी बसाल्नु पर्छ ।
कार्पेट, फर्निचर, भुँइपस्ने थाङ्नो, घरपालुवा जनवारलाई व्यवस्थित गर्नु पर्ने ।
भ्याकम चलाउने
धुलो हुने मास्कको प्रयोग नगर्ने ।
ओड्ने ओछ्याउने सफा गर्ने ।
घर भित्र हुने चिसोपन हटाउने ।
घरपालुवा जनवार
पाल्तु जनवारमा विरालो, कुकर, खरायो आदी पर्छन ।
सुत्ने ओछ्यानमा जनवार नभित्राउने ।
उनीहरुलाई नुहाइदिने ।
सिरानी, बक्स स्र्पीङ्ग र म्यार्टेसको प्रयोग गरे सहज हुने ।
कोठामा हावा आउने वातावरणको प्रयोग हुन दिने ।
मुसाको ट्रयाप
घरलाई सावधान राख्ने ।
खानेकुरा, पानीको व्यवस्थापन राम्ररी गर्ने ।
मुसाको नियन्त्रण गर्ने, ट्रयापको प्रयोग गर्ने ।
फङ्गी
घर भित्र पेनीसिलियम, एपीलिगस नामक गरेका ढुसि पाइने गर्छ ।
घर भित्र जीवाणुबाट बन्चित हुन ढोका झयाल सफा वा बन्द गर्नुपर्ने ।
चिसोपनबाट बचाउनुपर्ने ।
सफा गर्दा डिर्टजेन्टको प्रयोग गर्नु पर्ने ।
एयर कण्डिसनर फिल्टरको प्रयोग गर्न सकिने ।
छानामा भएको पानीको ट्याङ्कीमा प्वाल छ कि छैन हेर्नु पर्ने ।
एजेन्सी