भारतबाट कोरोनाविरुद्धको १० लाख डोज खोप आज काठमान्डौ आउँदै !

 कोरखबर   ९ फागुन, २०७७



९ फाल्गुन,काठमाडौं । सरकारले भारतसंग किन्न लागेको कोरोनाविरुद्धको पहिलो चरणको खोप आज काठमान्डौ आईपुग्ने भएको छ।

सरकारले गएको फागुन ५ गते भारतको खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमति गरेको थियो । सोहि सहमतिअनुसार आज १० लाख डोज खोप नेपाल आउन लागेको हो।

भारतको नयाँ दिल्लीबाट दिउँसो १ः३० को एयर इन्डिया विमानमार्फत् १० लाख डोज खोप काठमाडौं आउन लागेको हो। यसअघि गत माघ ८ गते भारत सरकारले नेपाललाई अनुदानमा खोप उपलब्ध गराएको थियो। अहिले उक्त खोप अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइँदैछ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले लिएको जानकारी अनुसार सो खोप विमानस्थलबाट टेकुस्थित चिस्यान केन्द्रमा भण्डारण गरिने छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post