चिनियाँ खोपले पनि पायो नेपालमा आपत्कालीन प्रयोगको अनुमति !

 कोरखबर   ६ फागुन, २०७७



६ फागुन, काठमाडौं । चिनस्थित बेइजिङ इनस्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट कर्पोरेसनले उत्पादन गरेको कोभिड-१९ विरुद्धको खोपले नेपालमा आपत्कालीन प्रयोगको अनुमति पाएको छ ।

‘उक्त इनस्टिच्युटले उत्पादन गरेको भेरोसेल’ नामक खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइएको औषधि व्यवस्था विभागले जानकारी दिएको छ । विभागले एक सुचना जारी गर्दै सो खोपलाई १६ जनवरी, २०२१ मा आपतकालीन प्रयोगको अनुमति दिएको उल्लेख छ ।

चीनले नेपाललाई पाँच लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको छ । अनुमतिपछि चिनियाँ खोप नेपालमा ल्याएर प्रयोग गर्ने बाटो खुलेको छ । हाल नेपालमा भारतले अनुदानमा दिएको १० लाख डोज कोभिसिल्ड खोप प्रयोग हुँदै आएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post