कोराना भ्याक्सिनका लागि स्वास्थ्य मन्त्रालयलाई थप ५० करोड !

 कोरखबर   ५ फागुन, २०७७



फागुन ५, काठमाडौं । कोभिड–१९ अर्थात् कोरोना भाइर विरुद्धको खोप (भ्याक्सिन) का लागि सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई थप ५० करोड रुपैयाँ उपलब्ध गराएको छ । 

कोरोना भाइस रोकथाम तथा उपचारका लागि सरकारद्धारा छुट्याइएको कोषबाट अर्थ मन्त्रालयले मंगलबार मात्रै स्वास्थ्य मन्त्रालयलाई थप ५० करोड रुपैयाँ उपलब्ध गराएको हो ।

यसअघि भ्याक्सिनकै लागि अर्थले स्वास्थ्य मन्त्रालयलाई रु.५० करोड रुपैयाँ उपलब्ध गराएको थियो । पहिलो चरणमा ५० करोड रुपैयाँ उपलब्ध गराएको मन्त्रालयले दोस्रो चरणमा पनि थप ५० करोड नै उपलब्ध गराएको हो ।

यो सँगै भ्याक्सिनका लागि हालसम्म सरकारले स्वास्थ्य मन्त्रालयलाई उपलब्ध गराएको कुल रकम एक अर्ब रुपैयाँ पुगेको छ । तर, गत माघ ७ गतेमात्रै भारत सरकारले नेपाललाई अनुदानमा १० लाख डोज खोप निःशुल्क उपलब्ध गराएको थियो ।

पहिलो चरणमा भारतबाट १० लाख डोज खोप अनुदानमा ल्याएको सरकारले, दोस्रो चरणमा ६० लाख डोज विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट र ५ लाख डोज चीनबाट समेत अनुदान ल्याउने तयारी गरेको छ ।  



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post