कक्षा १२ को परीक्षाफल सार्वजनिक, १ जनाको मात्रै परिक्षा रद्ध !

 कोरखबर   १९ माघ, २०७७



माघ १९, काठमाडौं । अन्ततः कक्षा १२ को वार्षिक परीक्षाको परीक्षाफल सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार बिहान कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको हो ।

आइतबार बसेको बोर्ड बैठकले सोमबार बिहान परीक्षाफल प्रकाशित गर्ने निर्णय गरे अनुसार आज बिहान नतिजा सार्वजनिक गरिएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिएका छन् । यो वर्ष कक्षा १२ को चार लाख ३३ हजार २७१ जनाले परीक्षा दिएका थिए ।

जसमा एक जनाको नतिजा रद्द गरिएको छ भने ११ हजार चार सय ९० जनाको स्थगित गरिएको परीक्षा नियन्त्रक शर्माले बताए । बैशाखमा लिइने १२ को परीक्षा कोरोना महामारीका कारण मंसिर ९ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको थियो।

यो वर्ष सम्बन्धित विद्यालयमै परीक्षा गरिएको थियो। कुल पूर्णाङ्कमध्ये ४० प्रतिशतको मात्र परीक्षा गरिएको थियो। त्यस्तै ४० प्रतिशत पूर्णाङ्कको कक्षा ११ को प्राप्तांक र २० प्रतिशत पूर्णाङ्कको विद्यार्थीको आन्तरिक मूल्यांकनका आधारमा कक्षा १२ को मूल्यांकन गरिएको नियन्त्रक शर्माले बताए।

विद्यालयले पठाएको नतिजामा थुप्रै त्रुटी हुँदा नतिजा प्रकाशनमा ढिला भएको बोर्डले जनाएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post