कोरोना विरुद्धको खोप : पहिलो चरणमा प्रदेश २ का फ्रन्टलाइनरलाई !

 कोरखबर   ८ माघ, २०७७



माघ ८, काठमाडौं । नेपाललाई भारत सरकारले उपलब्ध गराएको कोरोना विरुद्धको खोप नेपाल आइपुगेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार मध्यान्ह १२ बजे एयर इन्डियाको विमानमा १० लाख खोप नेपाल अवतरण गराइएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले उक्त खोप हस्तान्तरण गरेका छन्। खोप नेपाल अवतरण भएसँगै खोपलाई रेफ्रिजेरेटर भ्यानमा राखिएको छ।

स्वास्थ्य मन्त्रालयले  कोरोना भाइरस विरुद्धको खोप पहिलो चरणमा प्रदेश नम्बर २ मा फ्रन्ट लाइनमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका लागि दिइने तयारी समेत गरेको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post