माघ ५,काठमाडौं– पुष १३ गते बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण भएको मध्य ३ जनामा नयाँ प्रकारको कोरोनाभाईरस पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७ पुषमा उनीहरुको नमुना हङकङ प्रयोगशालामा पठाइएको थियो । त्यसमध्ये ३ जनामा देखिएको भाइरस नयाँ प्रकारको भएको पुष्टि भएको छ ।
कोरोना भाइरस ‘कोभिड–१९’ को नयाँ प्रकार नेपालमा भित्रिएको पुष्टि संगै नेपाल उच्च जोखिममा रहेको बिज्ञहरुले बताएका छ्न ।
२८ वर्षीया महिला, ३२ र ६७ वर्षीय पुरुषमा नयाँ प्रकारको भाइरस देखिएको हो । उनीहरुमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुष नेगेटिभ भइसकेका छन् भने ६७ वर्षीय पुरुष पोजेटिभ नै भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाए । तर तर उनमा कुनै लक्षण देखिएको छैन ।