चिकित्सक लाइसेन्सको परीक्षा फागुनमा !

 कोरखबर   ४ माघ, २०७७



माघ ४,काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स परीक्षा) का लागि फारम खुला गरेको छ।

माघ ५ गतेदेखि अनलाइन फारम खुला गर्ने काउन्सिलले सूचना निकालेर जानकारी दिएको हो। फागुन ९ र १० गते ५९ औं चिकित्सक दर्ता प्रमाण पत्र परीक्षा गर्ने तयसमेत काउन्सिलले गरिसकेको छ।

‘माघ ५ देखि २४ गतेसम्म नियमित तथा २५ र २६ गते विलम्ब शुल्कसहित फारम बुझाउन सकिने व्यवस्था गरिएको छ,’ काउन्सिलले जारी गरेको सूचनामा उल्लेख छ।

सूचना हेर्नुहोस:  



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post