भारतीय कम्पनी सिरमलाई कोभिड विरुद्धको 'कोभिसिल्ड' खोप प्रयोग गर्न अनुमति !

 कोरखबर   २ माघ, २०७७



माघ २,काठमाडौं । सरकारले  कोभिड विरुद्धको खोप प्रयोग गर्नलाई भारतीय कम्पनी सिरम इन्स्च्युटलाई तत्कालको लागि प्रयोग अनुमति दिएको छ।

'कोभिसिल्ड' खोपको आपतकालीन प्रयोगका लागि आज बसेको बैठकले उत्पादक कम्पनीलाई अनुमति दिएको औषधि व्यवस्था विभागले जनाएको छ।

यसअघि औषधि ऐन २०३५ को तेस्रो संशोधन को दफा ९ क को कार्यान्वयनको लागि तथा कोभिड १९ रोकथाम तथा नियन्त्रण गर्न विश्व स्वास्थ्य संगठनमा सूचीकृत भएका वा सम्बन्धित मुलुकको औषधि नियामक निकायले दर्ता गरेका वा त्यस्ता निकायले अनुमति प्रदान गरेका खोपको उत्पादक सूचिकरण र खोपको आपतकालीन प्रयोगको लागि दर्ता गर्नलाई औषधि व्यवस्था विभागले सूचना जारी गरेको थियो।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post