सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर दिने सिभिल बैंकको घोषणा !

 कोरखबर   २८ पौष, २०७७



पुस २८,काठमाडौं । सिभिल बैंकले सेयरधनीलाई दिने बोनस सेयर तथा नगद लाभांश घोषणा गरेको छ।

बैंकले ६४ करोड २ लाख ७१ हजार १ सय ७३ रुपैयाँबराबरको अर्थात् आठ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ३ करोड ३६ लाख ९८ हजार ४ सय ८२ रुपैयाँबराबरको अर्थात् शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले ०७६/०७७ को मुनाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित बोनस तथा नगद राष्ट्र बैंकले स्वीकृत गरेपछि बैंकको आउँदो साधारणसभाबाट पारित भएपछि वितरण गर्ने बैंकले जनाएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post