२४ घण्टामा ४०९ जना संक्रमित, ६ जनाको मृत्यु !

 कोरखबर   २२ पौष, २०७७


पुष २२,काठमाडौं । पछिल्लो २४ घण्टामा ४०९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४०९ जना कोरोना संक्रमित थपिएका हुन् ।

यो सँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६३ हजार १९३ पुगेको छ । पछिल्लो २४ घण्टामा ४९५ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

यो सँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ५६ हजार १६१ पुगेको छ । २४ घण्टामा ६ हजार ७०६ जनाको पीसीआर परीक्षण भएको छ । सक्रिय संक्रमितको संख्या ५ हजार १३३ छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८९९ रहेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post