पुस ८,थिम्पु । कोरोना भाइरसको संक्रमण देखिएपछि भुटानमा पुनः लकडाउन घोषणा गरिएको छ। भुटानका प्रधानमन्त्री लोते शेरिङले बुधबारदेखि लागू हुने गरी एक साताका लागि देशभर लकडाउन घोषणा गरेका हुन्।
लकडाउनको समयमा भुटानमा एक शहरबाट अर्को शहरको प्रवेशमा पनि रोक लगाइएको छ। राजधानी थिम्पुमा पाँच जनामा कोरोना संक्रमण देखिएपछि थप संक्रमण रोक्नका लागि भन्दै भुटान सरकारले लकडाउनको घोषणा गरेको हो।
A nationwide lockdown will be enforced for seven days, starting tomorrow(December 23, 2020).
— PM Bhutan (@PMBhutan) December 22, 2020
In continuation to the inter-district movement restriction imposed this morning, the National COVID-19 Taskforce decided the need for a more stringent action...https://t.co/QTsFEHXKcS pic.twitter.com/KSo2kTCCCM
लकडाउनको अवधिमा अनिवार्य रूपमा मास्क लगाउन, एकै ठाउँमा पाँच जना भन्दा बढी भेला हुन नपाइने नियमसमेत बनाएको छ। भुटानमा हालसम्म ४ सय ७९ जना कोरोना संक्रमित फेला परेका छन् भने कसैको पनि कोरानाका कारण मृत्यु भएको छैन।
भुटान सरकारले यसअघि पहिलो पटक अगष्ट ११ देखि ५ दिनका लागि लकडाउन गरेको थियो। –एजेन्सी