फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !

 एजेन्सी   १२ असोज, २०७८



एजेन्सी, असोज १२ । फ्रेन्च राष्ट्रपतिमाथि फेरि आक्रमण गरिएको छ । लायोनस्थित एक अन्तर्राष्ट्रिय खाद्य समारोहमा पुगेका बेला राष्ट्रपति इम्यानुअल म्याक्रोनमाथि अण्डा प्रहार गरिएको अमेरिकी समाचार च्यानल सीएनएनले जनाएको छ ।

एक व्यक्तिले अर्को कुनाबाट प्रहार गरेको अण्डा राष्ट्रपति म्याक्रोनको कुममा लागेर अगाडि पट्टी भुईँमा खसेको थियो । एउटा अण्डाले लाग्ने बित्तिकै राष्ट्रपति म्याक्रोनलाई सुरक्षाकर्मीहरुले छेकेको दृश्यमा देखिन्छ ।

उक्त घटनाका तस्वीर अहिले सामाजिक सञ्जालहरुमा चर्चित बनेको छ । एक पुरुषले केही नबोली राष्ट्रपतिलाई ताकेर अण्डा प्रहार गरेका थिए । उनले किन यसरी राष्ट्रपतिमाथि प्रहार गरे भन्नेचाहिँ प्रष्ट भएको छैन ।

सार्वजनिक स्थलमा म्याक्रोनमाथि अण्डा प्रहार गरिएको यो दोस्रो घटना हो । यसअघि, सन् २०१७ मा राष्ट्रपति चुनावका बेलामा एक व्यक्तिले हानेको अण्डा उनको टाउकोमै लागेर फुटेको थियो ।

गत जुनमा भने दक्षिणपूर्वी फ्रान्स भ्रमणमा रहँदा सर्वसाधारणको भीडमा एक व्यक्तिले गालामै चड्काएका थिए । त्यसरी प्रहार गर्ने व्यक्तिले चार महिना जेल सजायँ पाएको पनि समाचारहरुमा उल्लेख छ ।



 प्रतिक्रिया


 थप अन्तर्राष्ट्रिय खबर

उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !

उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !


तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !


पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !

बिहार विधानसभा बैठक :  सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !

बिहार विधानसभा बैठक : सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !


कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !


डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !

मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !

मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !


यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !

यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !


नेताहरूसँग भेटघाट गर्न चिनियाँ कम्युनिष्ट पार्टीको टोली काठमाडौं आउँने !

नेताहरूसँग भेटघाट गर्न चिनियाँ कम्युनिष्ट पार्टीको टोली काठमाडौं आउँने !



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post