बिहार विधानसभा बैठक : सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !

 कोरखबर   ११ चैत, २०७७



११ चैत, काठमाडौं । भारत बिहारको विधानसभा बैठकमा मंगलबार सांसदहरुले हंगामा मच्चाएका छन् । सरकारले ल्याउन लागेको नयाँ प्रहरी विधेयकको विरोधमा विपक्षी दलका सांसदले चर्को विरोध गर्दा विधानसभा बैठक तनावग्रस्त बनेको हो ।

नाराबाजी बढ्दै गएपछि प्रहरी बोलाइएको थियो । संसदमा प्रवेश गरेका प्रहरीले सांसदमाथि कुटपिट सुरु गरेका थिए । सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा सदनभित्र प्रवेश गरेको प्रहरीले विधायकहरुलाई लात्ती र मुक्का प्रहार गरिरहेको देखिन्छ । उक्त घटनामा दुई महिलासहित १२ सांसद घाइते भएको समाचारमा जनाइएको छन् । केही प्रहरी र सञ्चारकर्मी पनि घाइते भएको बताइएको छ ।

नयाँ प्रहरी विधेयकको विरोध गरिरहेका विपक्षी सांसदहरुको नाराबाजीका कारण संसदको कारबाही पटकपटक रोकिएको थियो । नाराबाजी गर्दै सभामुखको कुर्सीसम्म पुगेका विपक्षी सांसदले विधेयकको प्रतिलिपि खोसेर च्यातिदिएका थिए । त्यसपछि संसदभित्र प्रहरी बोलाइएको थियो । प्रहरीलाई संसदभित्र बोलाइएको भन्दै सांसदहरुको नाराबाजी झन् चर्कियो । त्यसपछि प्रहरीले विधायकहरुमाथि कुटपिट सुरु गरेका थिए । साथै केहीलाई घिसारेर बाहिर लगेका थिए ।

पछिल्लो केही दिनयता बिहारको विधानसभामा सत्तापक्ष र विपक्षबीच बिहार विशेष सशस्त्र प्रहरी विधेयक २०२१ को विषयमा विवाद हुँदै आएको थियो । यद्यपि उक्त विधेयक मंगलबार ठूलो विरोधका बीच विधानसभाबाट पारित भएको छ ।

विपक्षीले यो विधेयक पारित भएसँगै प्रहरीले अदालतको वारेन्ट विना नै शंकाको आधारमा जो कोहीलाई पक्राउ गरेर जेल हाल्न सक्ने अधिकार पाउने बताएका छन् । सत्ता पक्षले भने यो नियम सामान्य प्रहरीको लागि नभई विशेष सशस्त्र प्रहरीको लागि ल्याइएको भन्दै बचाउ गर्दै आएको छ ।

मंगलबार विधानसभाभित्र सांसदहरुमाथि कुटपिट हुनुभन्दा पहिला नै सडकमा राष्ट्रिय जनता दलका नेता र प्रहरीबीच हिंसात्मक झडप भएको थियो । बैठक शुरु हुनुभन्दा अगाडि नै विपक्षी जनता दलले नयाँ प्रहरी विधेयकका साथै महँगी, बेरोजगारी, अपराध न्यूनीकरण र भ्रष्टाचारको मुद्दामा विधानसभा घेर्ने कार्यक्रम थियो ।

यद्यपि प्रशासनले भने उक्त कार्यक्रमलाई अनुमति दिएको थिएन । तर, ¥याली भने रोकिएन । सो क्रममा प्रहरीले ¥यालीलाई रोक्न खोज्दा झडप भएको हो ।एजेन्सीहरुको सहयोगमा



 प्रतिक्रिया


 थप अन्तर्राष्ट्रिय खबर

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !


उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !

उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !


तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !


कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !


डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !

मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !

मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !


यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !

यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !


नेताहरूसँग भेटघाट गर्न चिनियाँ कम्युनिष्ट पार्टीको टोली काठमाडौं आउँने !

नेताहरूसँग भेटघाट गर्न चिनियाँ कम्युनिष्ट पार्टीको टोली काठमाडौं आउँने !



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post