काठमाडौं, ३ पुस । नेपाल सरकारले अब कोरोना संक्रमितको सम्पर्कमा आएका तथा कोरोना संक्रमण हुनसक्ने स्थानबाट आएकाहरुले १० दिन क्वारेन्टाइन बसे हुने मान्यता दिएको छ । यसअघि सरकारले स्वास्थ्य मापदण्ड भन्दै अनिवार्य १४ दिन क्वारेन्टाइन बस्न निर्देशन दिएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न अध्ययनले १० दिनपछि सङ्क्रमण नसर्ने देखाएकाले क्वारेन्टाइन बस्ने अवधि घटाइएको जनाएको छ ।
तर यो नियम लक्षण देखिएका र गम्भीर प्रकृतिका बिरामीका लागि भने लागू नहुने जनाएको छ । त्यस्तै बिदेशबाट आएका मानिसहरुले पनि १० दिन क्वारेन्टाइन बसे पुग्ने निर्णय भएको बताइएको छ ।
नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमित ४४४ जना क्वारेन्टानमा छन् भने छ हजार ९४ जना होम आइसोलेशनमा छन् ।