अमेरिकामा मोर्दनाले बनाएको खोपलाई पनि अनुमति !

 कोरखबर   ३ पौष, २०७७



पुस ३,काठमाण्डौ । अमेरिकाले कोरोना भाइरस विरुद्ध मोर्दनाले बनाएको खोपलाई पनि अनुमति दिएको छ ।

मोर्दनाले विकास गरेको खोपलाई पनि आपतकालीन रुपमा प्रयोगका लागि स्वीकृति दिएको अमेरिकाको नियामक निकाय फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन ९एफडीए०ले जनाएको छ । कोरोना भाइरस विरुद्धको लडाइँमा यो दोस्रो विकल्प भएको एफडीएले जनाएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार यो खोप १८ वर्ष र १८ वर्षभन्दा माथिको उमेर समूहमा प्रभावकारी देखिएको छ । यसअघि एफडीएले मोर्दनालाई खोपको आपतकालीन प्रयोगका लागि स्वीकृति दिने सङ्केत गरेको थियो । एफडीएको सल्लाहकार बोर्डका विज्ञहरुले सर्वसम्मत रुपमा मोर्दनाको खोप सुरक्षित तथा प्रभावकारी रहेको भन्दै स्वीकृति प्रदान गर्न सुझाव दिएका थिए ।

त्यसपछि प्रक्रिया पूरा गरेर एफडीएले स्वीकृति दिने निर्णय गरिसकेको रोयटर्सले उल्लेख गरेको छ । यसअघि एफडीएले फाइजर(बायोएनटेकले विकास गरेको खोपलाई गएको हप्ता स्वीकृति दिएको थियो । कोरोना विरुद्धको अर्को खोपले पनि अनुमति पाएपछि अमेरिकामा कोरोना भाइरसको नियन्त्रणमा आशा जागेको खबरमा उल्लेख गरिएको छ ।

कोरोना भाइरसको महामारीबाट सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा अहिलेसम्म एक करोड ७६ लाखभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ भने तीन लाख १७ हजारभन्दा धेरैको ज्यान गएको छ ।



 प्रतिक्रिया


 थप अन्तर्राष्ट्रिय खबर

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !


उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !

उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !


तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !


बिहार विधानसभा बैठक :  सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !

बिहार विधानसभा बैठक : सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !


कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !


मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !

मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !


यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !

यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post