काबुलमा बम विष्फोट, वरिष्ठ अफगान अधिकारीको मृत्यु !

 कोरखबर   ३० मंसिर, २०७७



सिर ३०, काबुल । अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार भएको बम विस्फोटनमा प्रान्तीय गभर्नरका सहयोगी समेत अर्का एक व्यक्तिको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ ।

अफगान गृह मन्त्रालयका प्रवक्ता तारिक आरियानले महबुबुल्लाह मुहिबी र उनका कार्यालय सहयोगी बम आक्रमणमा मारिएको बताए । दुबै सरकारी पदाधिकारी चढेको सवारी साधनमा बम राखेर रिमोटबाट पड्काइएको बताउँदै प्रवक्ता तारिकले सवारी साधनमा रहेका दुई सुरक्षाकर्मी गम्भीर घाइते भएको जानकारी दिए ।

आक्रमणबाट सवारी साधन पनि नराम्रोसँग क्षतिग्रस्त भएको छ । प्रवक्ता तारिकले उक्त घटनाको अनुसन्धान भइरहेको बताए।  उक्त आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन । तर अफगान सरकारी अधिकारीहरुले उक्त आक्रमण विद्रोही तालिबानले गराएको दाबी गरेका छन् । हालैका महिनाहरुमा अफगानिस्तानका ठूला शहरहरुमा तालिबान समूहले घुसपैठ गरी सिलसिलाबद्ध आक्रमण जारी राखेको अफगानी अधिकारीहरुको भनाई छ ।

मङ्गलबार नै काबुलकै पूर्वी क्षेत्रमा सशस्त्र लडाकूले प्रहार गरेको गोली लागेर एक जना प्रहरी अधिकृतको ज्यान जानुका साथै अरु दुई प्रहरी घाइते भएका छन् । गत नोभेम्बर महिनामा मात्र झण्डै ४४ जनामाथि भएका व्यक्ति–लक्षित आक्रमणमा ज्यान गइसकेको छ । –सिन्ह्वा



 प्रतिक्रिया


 थप अन्तर्राष्ट्रिय खबर

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !


उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !

उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !


तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !


बिहार विधानसभा बैठक :  सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !

बिहार विधानसभा बैठक : सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !


कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !


मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !

मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !


यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !

यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post