कोरोना संक्रमित स्वाजिल्याण्डका प्रधानमन्त्रीको निधन !

 कोरखबर   २९ मंसिर, २०७७



मंसिर २९, काठमाडौं । स्वाजिल्याण्डका कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित प्रधानमन्त्री एम्ब्रोस डलामिनिको ५२ वर्षको उमेरमा निधन भएको छ । कोरोना संक्रमण पुष्टि भएको चार सातापछि दक्षिण अफ्रिकाको एक अस्पतालमा उनको निधन भएको हो ।

स्वाजिल्याण्डको सरकारले सार्वजनिक गरेको विज्ञप्तिमा मृत्युको कुनै कारण उल्लेख गरिएको छैन । तर, उनी दक्षिण अफ्रिकामा कोरोनाको उपचार गराइरहेका थिए । डलामिनि सन् २०१८ देखि स्वाजिल्याण्डको प्रधानमन्त्रीको रुपमा रहँदै आएका थिए ।

दक्षिणी अफ्रिकामा अवस्थित यो सानो भू–परिवेष्ठित मुलुक हो । यो मुलुकको जनसंख्या करिब १० लाख छ । अहिलेसम्म यो मुलुकमा कोरोनाका ६ हजार ७६८ कोरोना संक्रमित फेला परिसकेका छन् भने १२७ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।

डलामिनिले नोभेम्बर १६ मा आफू कोरोना संक्रमित भएको जानकारी दिएका थिए । उनले आफूमा कोरोनाको कुनै लक्षण नदेखिएको र आफू पूर्णरुपमा स्वस्थ रहेको बताएका थिए । सरकारले उनलाई छिटो गतिमा निको पार्न भन्दै दक्षिण अफ्रिका पठाउने निर्णय गरेको थियो । तर, आइतबार सरकारले उनको निधन भएको बताएको हो ।



 प्रतिक्रिया


 थप अन्तर्राष्ट्रिय खबर

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !


उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !

उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !


तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !


बिहार विधानसभा बैठक :  सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !

बिहार विधानसभा बैठक : सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !


कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !


मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !

मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !


यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !

यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post