मंसिर २६, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनको स्वास्थ्यमा उल्लेख्य सुधार भएको मेडिसिटी अस्पतालले जनाएको छ ।
लिङ्देनको स्वास्थ अवस्था बुझ्न राप्रपा अध्यक्ष कमल थापा मेडिसिटी अस्पताल पुगेका छन् । अस्पतालका डाक्टर दिप्तेश अर्याल र सिईयो पंकज बास्कोटाले अध्यक्ष थापालाई लिङ्देनको पछिल्लो स्वास्थ अबस्था बारे जानकारी गराएका थिए ।
अस्पतालले दिएको जानकारी अनुसार सांसद लिङ्ग्देनको स्वास्थ अबस्थामा उल्लेख्य सुधार भएको छ । पुनस् कोभिड परीक्षणका लागि स्वाब लिइएको छ । अस्पताल श्रोतका अनुसार अहिले अक्सिजन दिन परेको छैन।
मंसिर २२ गतेबाट अस्वस्थ भएका लिङ्देनको उपचार बिर्तामोडको कञ्चनजंगा अस्पतालमा भइरहेको थियो । त्यसपछि बिहीबार बिहान बीएण्डसीमा सारिएका लिङदेनलाई सेनाको हेलिकप्टरमा बिहीबार बेलुका काठमाडौं ल्याइएको हो ।