अफगानिस्तानमा महिला पत्रकारको गोली हानी हत्या !

 कोरखबर   २५ मंसिर, २०७७



मंसिर २५,एजेन्सी । अफगानिस्तानमा एक महिला पत्रकारको गोली हानी हत्या भएको छ। 

जलालाबादस्थित कार्यालय जाने क्रममा मलाला माइवन्डलाई अज्ञात समूहले गाडीमा गोली हानि हत्या गरेको हो। उनीसँगै उनका ड्राइभर मोहम्मद ताहिरको पनि हत्या भएको बिबिसीले जनाएको छ। 

अहिलेसम्म कुनै पनि समूहले उनीमाथि भएको आक्रमणको जिम्मेवारी लिएका छैनन्। माइवाण्ड एनिकास टिभी र रेडियोमा काम गर्थिन्। उनी एक महिला अधिकारकर्मीसमेत थिइन्। यसअघि उनकी आमाको पनि ५ वर्षअघि हत्या भएको थियो।

प्रान्तीय गभर्नरका प्रवक्ता अट्टाओल्लाह खोगियानीले स्थानिय मिडियालाई बताए अनुसार पत्रकार माइवन्डमाथि गोली हान्नेहरू त्यस क्षेत्रबाट फरार भइसकेका छन्। अधिकारकर्मी समेत रहेकी माइवन्डले केही समय अघि अफगानिस्तानमा महिला पत्रकार हुँदा आउने चुनौतीहरूका बारेमा बोलेकी थिइन्।

अफगानिस्तानमा भएका पछिल्ला आक्रमणहरूमा विशेषगरी अभियान्ता, पत्रकार र राजनितिक व्यक्तित्वहरूमाथि लक्षित छन्।  गत महिना काबुलमा कार बम पड्किँदा पूर्व टेलिभिजन प्रस्तोता यामा सियावाससहित अन्य दुई जनाको मृत्यु भएको थियो। 

रेडियो लिबर्टीका पत्रकार अलियास दायीको लाशकरमा भएको कार बम आक्रमणमा मृत्यु भएको थियो।  त्यस्तै अफगानिस्तानकै पहिलो महिला निर्देशक सबा शहारमाथि काबुलमा गोली प्रहार भएको थियो। तर उनी त्यस आक्रमणबाट जोगिन सफल भइन्।     



 प्रतिक्रिया


 थप अन्तर्राष्ट्रिय खबर

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !


उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !

उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !


तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !


बिहार विधानसभा बैठक :  सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !

बिहार विधानसभा बैठक : सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !


कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !


मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !

मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !


यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !

यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post