मंसिर २५, विराटनगर । कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण प्रदेश १ मा थप तीनजनाको मृत्यु भएको छ ।
सुनसरी, झापा र मोरङका एकरएकजना कोरोना सक्रमितको मृत्यु भएको हो । दुई जनाको उपचारका क्रममा अस्पतालमा र एकजनाको होम आइसोलेसनमा मृत्यु भएको हो ।
झापाको दमक–१० का ६९ वर्षीय पुरुषको विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा पुर्याउँदै गर्दा मत्यु भएको छ । कोरोना पोजेटिभ देखिएपछि उनलाई नोबेल मेडिकल कलेज भर्ना गरिएको थियो । थप उपचारका लागि बुधबार बेलुका कोसी कोभिडमा लगिएको थियो । कोसीमा पुगे लगत्तै उनको मृत्यु भएको थियो ।
त्यस्तै विराटनगरको नोबेल मेडिकल कलेजमा सुनसरीको रामधुनी–७ का ६३ वर्षीय वृद्ध पुरुषको मृत्यु भएको छ । २३ मंसिरमा कोरोना पोजेटिभ देखिएका वृद्धको बिहीबार बिहान मृत्यु भएको हो ।
त्यस्तै मोरङको उर्लाबारी–१ का ८४ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ । बुधबार राति मृत्यु भएका वृद्धलाई दमको समस्या बढेपछि आफन्तले विराटनगरको ग्रीनक्रस अस्पतालमा मंसिर २० गते भर्ना गरेका थिए । २२ गते कोरोना पोजेटिभ देखिएपछि उनलाई घरमै लगिएको थियो ।