भारतमा ‘केही हप्ता’ मा नै कोरोनाको खोपलाई अनुमति दिइने !

 कोरखबर   २४ मंसिर, २०७७



मंसिर २४,काठमाडौं । भारतको स्वास्थ्य मन्त्रालयले ३० करोड मानिसलाई खोप दिने शुरुवाती योजना  तर्जुमा  गर्दै अबको केही हप्तामा नै कोभिड–१९ को खोपलाई अनुमति दिने घोषणा गरेको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार तीन जना खोप निर्माता कम्पनीले भारतमा आपत्कालिन प्रयोगका लागि अनुमति मागेको छ ।

यसमा अस्ट्राजेनेका खोपको निर्माणको लाइसेन्स प्राप्त सेरम इन्सिटिट्युट, फाइजर र भारतीय खोप निर्माता भारत बायोटेक रहेका छन् । केन्द्रिय स्वास्थ्य सचिव राजेश भुषणले भने, ‘केहीले आगामी केही हप्तामा नै अनुमति पाउन सक्नेछन् ।’

भारतले शुरुवाती चरणको खोप दिने समूहमा १ करोड स्वास्थ्यकर्मी, प्रहरी र सेनासहित २ करोड फ्रन्टलाइन समूह र ५० वर्षमाथिका र कोभिड–१९ को जोखिममा रहेका बिरामीहरु गरेर २७ करोड जनसंख्या रहेका छन् । स्वास्थ्य मन्त्रालयले यसअघि सन् २०२१ को अगस्तसम्मा यो समूहलाई खोप दिने लक्ष्य राखेको थियो । भारतको जनसंख्या १.४ अर्ब जनसंख्या रहेको छ ।

भुषणले भारतले अहिलेकै खोप कार्यक्रम, जुन विश्वकै ठूलो हो, कै भरमा कोरोनाको खोप वितरण गर्नेछ । भारतमा हरेक वर्ष २.६ करोड शिशु र ३ करोड गर्भवती महिलालाई खोप दिइन्छ । स्रोतः अल जजिरा



 प्रतिक्रिया


 थप अन्तर्राष्ट्रिय खबर

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !


उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !

उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !


तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !


बिहार विधानसभा बैठक :  सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !

बिहार विधानसभा बैठक : सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !


कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !


मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !

मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !


यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !

यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post