फ्रान्समा सुरक्षा विधेयकविरुद्धको प्रदर्शन हिंसात्मक !

 कोरखबर   २१ मंसिर, २०७७



मंसिर २१, काठमाडौं । फ्रान्समा सुरक्षा विधेयकविरुद्धको प्रदर्शन हिंसात्मक बनेको छ । शनिबार प्रदर्शन हिंसात्मक बनेसँगै प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहर गरेको थियो । प्रदर्शनकारीहरुले पनि पसलका झ्यालहरु फुटाउने तथा केही सवारीसाधनमा आगजनी गरेका थिए ।

शनिबार प्रस्तावित सुरक्षा विधेयकको विरुद्धमा करिब एक सय र्‍यालीहरु निस्किएका थिए । नयाँ विधेयकअनुसार प्रहरीको फोटो तथा भिडियो खिच्नु गैरकानुनी हुन्छ ।

विपक्षीहरुले सरकारले अहिले प्रस्ताव गरेको कानुनले प्रेस स्वतन्त्रताको हनन हुने आरोप लगाउँदै आएका छन् । फ्रान्समा अश्वेत संगीत निर्मातामाथि प्रहरीले दुर्व्यवहार गरेको र उनलाई पिटेको प्रहरीको भिडियो सार्वजनिक भएसँगै फ्रान्समा प्रहरी दमनविरुद्ध आन्दोलन हुँदै आएको छ ।

त्यस्तै श्रृङ्खलाबद्धरुपमा प्रहरी दमनका भिडियोहरु सार्वजनिक हुन थालेपछि फ्रान्सको सरकारले प्रहरीको फोटो तथा भिडियो लिन नपाउने गरी नयाँ कानुन ल्याउने तयारी गरेको हो । यो नियम नमान्नेलाई ४५ हजार युरो जरिवाना र एक वर्षको जेल सजाय हुनेछ ।

शनिबार भएको हिंसात्मक आन्दोलनमा प्रहरीले २२ जनालाई पक्राउ गरेको छ । साथै प्रहरीसँगको झडपमा परी दर्जनौं मानिसहरु घाइते भएा छन् । फ्रान्समा प्रदर्शन बढेसँगै सुरक्षा सतर्कता पनि बढाइएको छ । स्रोत : बीबीसी



 प्रतिक्रिया


 थप अन्तर्राष्ट्रिय खबर

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !


उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !

उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !


तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !


बिहार विधानसभा बैठक :  सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !

बिहार विधानसभा बैठक : सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !


कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !


मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !

मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !


यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !

यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post