कोरिया जान रोकिएको प्रकृया तत्काल खुल्ने !

 कोरखबर   १८ मंसिर, २०७७



मंसिर १८,सोउल । कोरोना माहामारीका कारण कोरिया जानेको रोकिएको काम पुनः सञ्चालनमा ल्याई कोरिया लाने प्रक्रिया छिट्टै नै शुरू हुने भएको छ। त्यस्तै, कोरियाली भाषा पास गरेर कोरिया जाने पर्खाइमा बस्नेको दुई वर्षे रोस्टरको समयावधि सकिन लागेका बेला पुनः छ महिना थप्ने निर्णय पनि भएको छ। 

कोभिड–१९ का कारण प्रवासीलाई कोरिया प्रवेशमा कडाइ र नेपालको लकडाउनसँगै रोजगार अनुमति प्रणाली इपिएस माध्यमबाट कोरिया आउनेको सम्पूर्ण प्रक्रियासमेत स्थगन भएको थियो।

बुधबार प्रवासी श्रमिक युनियन ९एमटियु० र केसीटियुले कोरियाको रोजगार तथा श्रम मन्त्रालय प्रवासी श्रमिक विभागका निर्देशक लगायतसँग कोरियामा इपिएसअन्तर्गत प्रवासी श्रमिकका बारेमा छलफल तथा रोकिएका सम्पूर्ण प्रक्रिया सञ्चालन गरी कोरोना महामारीको कारणले प्रवेशमा रोक लगाएको श्रमिकको प्रवेश गराउने बारेमा छलफल भएको थियो। 

छलफलपश्चात् छ महिना रोस्टर अवधि बढाउने र रोकिएका प्रक्रिया पुनः सञ्चालन गरी प्रवासी मजदुर ल्याउन पहल थालिने निर्णय भएको एमटियु अध्यक्ष उदय राईले बताए। छलफलमा एमटियुले कोरिया आउन रोकिएका प्रवासी श्रमिकलाई चाँडो ल्याउने व्यवस्था गर्नुपर्ने, कोरोनाको कारण आउन नपाएर रोस्टरमा हुनेको दुई वर्ष अवधि सकिन लागेको श्रमिकको समयावधि थप्नुपर्ने, श्रमिक बिदामा गएको समयमा कम्पनी मालिकले सम्झौता रद्द गर्न नमिल्ने, श्रमिकलाई गरिने शोषण रोक्नुपर्नेलगायतको कुरामा जोड दिएको थियो।

छलफलमा उपस्थित मन्त्रालयका अधिकारीले कोरोना महामारीका कारण गत मार्च महिनादेखि नयाँ प्रवासी श्रमिक ल्याउन बन्द गरिएकोमा गत महिनादेखि कम्बोडियाबाट ल्याउन शुरू गरिएको बताए। अब छिट्टै नेपाललगायत अरु देशबाट पनि ल्याउने व्यवस्था मिलाइने र अवधि सकिन लागेको श्रमिकको छ महिना समयावधि थप गरिने कुरा बताए।

सन् २०२० को ५६ हजार कोटामध्ये ३३ हजार १०० (५९.१५ प्रतिशत) अनुमतिपत्र जारी गरिएको थियो भने अक्टोबरसम्ममा छ हजार ७४ जना मात्र नयाँ प्रवासी मजदुर कोरिया प्रवेश गरेका छन्। रासस



 प्रतिक्रिया


 थप अन्तर्राष्ट्रिय खबर

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !


उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !

उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !


तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !


बिहार विधानसभा बैठक :  सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !

बिहार विधानसभा बैठक : सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !


कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !


मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !

मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !


यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !

यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post