पोखरामा उपचाररत थप दुई संक्रमितको मृत्यु !

 कोरखबर   १५ मंसिर, २०७७



१५ मंसिर, पोखरा । पोखरामा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचाररत दुई संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पोखरा-१८ निवासी ५१ वर्षीय पुरुषको आइतबार राति ९:४५ बजे उपचारकै क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक बिनोदबिन्दु शर्माले वताए । पोखराका १८ का पुरूषको मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भई केन्द्रमै उपचार शुरु गरिएको थियो ।

यस्तै स्याङ्जाको वालिङ नगरपालिका-१४ का ६७ वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार बिहान मृत्यु भएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपचार केन्द्रमा उपचाररत उनको बिहान २: १० बजे मृत्यु भएको हो ।

उनमा पनि मंसिर ११ गते कोरोना संक्रमण पुष्टि भई केन्द्रमा उपचार सुरू गरिएको थियो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post