मङ्सिर १३,एजेन्सी। चिनियाँ वैज्ञानिकहरुले कोरोना भाइरस पहिलोपटक भारतमा उत्पत्ति भइ विश्वभर फैलिएको दाबी गरेका छन्।
बेलायती अखबार डेली मेललाई उद्धृत गर्दै नवभारत टाइम्सले जनाएअनुसार चिनियाँ एकेडेमी अफ साइन्सेजका वैज्ञानिकहरुले यस्तो दाबी गरेका हुन्। सन् २०१९ को गर्मीयाममा कोरोना भाइरस भारतमा उत्पत्ति भएको वैज्ञानिकहरुको टिमको दाबी छ।
कोरोना भाइरस फोहोर पानीको माध्यमबाट मानिसमा सरेको र भारतबाट वुहान पुगेको उनीहरुको दाबी छ। वुहान पुगेपछि यो कोरोना भाइरसको रुपमा पहिचान भएको उनीहरुले बताएका छन्।
यद्यपि अन्य देशका वैज्ञानिकहरुले यो चिनियाँ दाबीलाई गलत बताएका छन्। बेलायतको ग्लास्गो विश्वविद्यालयका विशेषज्ञ डेभिड रबर्ट्सनले चिनियाँ वैज्ञानिकको दाबी गलत भएको बताए।
विश्व स्वास्थ्य संगठनले भने कोरोना भाइरसको स्रोत पत्ता लगाउने प्रयास जारी नै राखेको छ।