काठमाडौं, १० मंसिर । नेपालमा कोरोना भाईरस संक्रमितको संख्या २ लाख २६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ४८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ९ सय ४८ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख २६ हजार २६ पुगेको छ ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८ सय ३५ जना संक्रमित फेला परेका छन् । जस्मा ३ सय ५० महिला र पुरुष ४ सय ८५ रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय ३५ संक्रमित थपिएका हुन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख ७ हजार १ सय ९८ पुगेको छ ।
योसंगै काठमाडौंमा ८५ हजार १ सय ५२ जना, ललितपुरमा १२ हजार ६ सय ९०, भक्तपुरमा ७ हजार ६ सय ७५ जना संक्रमित पुगेका छन् ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर हजार ३ सय १ जना ४० निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ३ हजार १ सय ४० जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७ हजार ९ सय ९८ पुगेको छ ।
त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १६ हजार ६ सय ३९ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ६ सय ६९ रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ९ हजार २ सय १० जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल १६ लाख ९० हजार ५ सय ९ जनाको पीसीआर परीक्षण भएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा २८ जना संक्रमितको मृत्यु हुँदा नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३ सय ८९ पुगेको छ ।