अमेरिकीहरुले अर्को महिना नै कोरोनाविरुद्धको खोप पाउन सक्ने !

 कोरखबर   ८ मंसिर, २०७७



मंसिर ८,बीबीसी । कोभिड विरुद्धको पहिलो खोप अमेरिकीहरुले आगामी डिसेम्बर ११ मै प्राप्त गर्न सक्ने कोरोना भाइरस खोप कार्यक्रमका प्रमुखले बताएका छन् । डाक्टर मोनसेफले सीएनएनसँग बताएअनुसार खोप स्वीकृत भएको २४ घण्टामै त्यसको प्रयोगका लागि खोप लगाउने स्थलहरुमा वितरण गरिनेछ ।

पछिल्ला केही हप्ता अमेरिकामा कोरोना संक्रमण अधिक उच्च बिन्दुमा पुगेका बेला यस्तो खबर सार्वजनिक हुनुलाई आशावादी मानिएको छ । अमेरिकी कम्पनी फाइजर र यसको जर्मन पार्टनर बायोएनटेकले शुक्रबार मात्र अमेरिकामा खोपको आपत्कालीन प्रयोगका लागि स्वीकृति माग गरेको थियो । यो खोपको दुईवटा डोज आवश्यक पर्नेछ र अहिलेसम्मका अध्ययन र परीक्षण हेर्दा यो ९५ प्रतिशतसम्म प्रभावकारी हुने देखिएको छ । फाइजरले यही डिसेम्बरको अन्त्यसम्ममा झन्डै ५ करोड डोज उत्पादन गर्ने अपेक्षा गरेको छ ।

अमेरिकाको एफडीए समितिले यो खोपलाई स्वीकृति दिने सम्बन्धी डिसेम्बर १० मा अन्तिम छलफल र बैठक बस्ने बताएको छ । खोप आधिकारिक रुपमा स्वीकृत भइसकेपछि यसलाई स्टेटको जनसंख्याका आधारमा वितरण गरिनेछ । डाक्टर स्लाओइका अनुसार यसमा कसलाई पहिले खोप दिने भन्ने निर्णयका लागि स्टेटहरुले आफैँ जिम्मा लिनुपर्ने हुन्छ । तर, पहिले उच्च जोखिमयुक्त वर्ग जस्तै स्वास्थ्यकर्मी अनि जेष्ठ नागरिकहरुलाई नै प्राथमिकता दिन सुझाव दिँइदै आएको छ ।

अर्को कम्पनी मोडेर्नाको खोप पनि ९५ प्रतिशत प्रभावकारी भएको दाबी गरिएको छ र कम्पनीले पनि आगामी केही हप्तामै आधिकारिक स्वीकृतिका लागि निवेदन दिने अपेक्षा रहेको छ । 

डाक्टर स्लाओइ भन्छन् दुवै खोपको प्रभावकारीता हेर्दा अमेरिकामा आगामी मे महिनासम्म ७० प्रतिशत जनसंख्यालाई सुइ लगाइ सकिनेछ । तर, अर्कोतर्फ खोपप्रति मानिसहरुले नकारात्मक धारणा पनि बढ्दै गएको पाइएको छ जसमा सुधार आउने आशा रहेको उनले बताए । सामान्य जीवनमा फर्कनु अगाडि अधिकांश मानिसले खोप लगाउनैपर्ने उनी बताउँछन् । 

वरिष्ठ संक्रमक रोग विशेषज्ञ एन्थोनी फाउसीले भनेका छन्, “पर्याप्त अमेरिकीहरुले सुइ लगाउन पाए भने अमेरिका, धेरै छिटो कोभिड विरुद्ध ‘हर्ड इम्युनिटी’ को स्थितिमा पुग्न सक्नेछ । र, संक्रमण नियन्त्रण गर्न सहज हुनेछ ।”  दुईवटै खोपका ट्रायलको पूरा डाटा नआइसकेको भएपनि हालसम्म यिनमा कुनै समस्या देखा परेको छैन । तर, ती खोपले कति समयसम्म मान्छेलाई सुरक्षा दिलाउन सक्छ भन्ने  चाहिँ अझै स्पष्ट भएको छैन । 



 प्रतिक्रिया


 थप अन्तर्राष्ट्रिय खबर

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !


उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !

उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !


तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !


बिहार विधानसभा बैठक :  सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !

बिहार विधानसभा बैठक : सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !


कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !


मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !

मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !


यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !

यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post