अलकायदाका प्रमुख अल जवाहिरीको मृत्यु भएको दाबी !

 कोरखबर   ६ मंसिर, २०७७



मंसिर ६, एजेन्सी। विश्वकै सबैभन्दा खतरनाक आतंककारी संगठन मानिएको अलकायदाका प्रमुख अल जवाहिरीको मृत्यु भएको दाबी गरिएको छ । अलकायदाको नेतृत्वमा रहेका जवाहिरीको दमका कारण मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अलजवाहिरी अफगानिस्ताको पहाडमा लुकेर बसेका थिए । उनको सही उपचार नपाएर मृत्यु भएको जनाइएको छ । ६८ वर्षीय अल जवाहिरीको गत हप्ता अफगानिस्तानको गजनीमा मृत्यु भएको दावी गरिएको छ ।

अमेरिकी गुप्तचर एजेन्सीले भने यो दावीको थप अनुसन्धान गरिरहेको जनाइएको छ । अल जवाहिरी र अब्दुल्लाह अमेरिकी गुप्तचर एजेन्सी एफबीआईको मोस्ट वान्टेड आतंकवादीहरुको सूचीमा थिए ।

अमेरिकाले अल जवाहिरीका बारेमा सूचना दिनेहरुका लागि २करोड ५० लाख अमरिकी डलर पुरस्कार दिने घोषणा गरिएको थियो । ओसामा विन लादेन अमेरिकी सेनाको कार्वाहीमा मारिएपछि जवाहिरी सन् २०११ मा अलकायदाका प्रमुख बनेका थिए । इजिप्टमा बस्ने जबाहिरी आखाँ चिकित्सक थिए ।



 प्रतिक्रिया


 थप अन्तर्राष्ट्रिय खबर

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !


उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !

उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !


तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !


बिहार विधानसभा बैठक :  सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !

बिहार विधानसभा बैठक : सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !


कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !


मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !

मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !


यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !

यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post