मंसिर ५, काठमाण्डौ । भारतमा विवाह समारोहबाट फर्किएको गाडी दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ ।
उत्तरप्रदेशको प्रतापगढ जिल्ला प्रयागराज–लखनउ राजमार्गमा रोकिराखेको ट्रकमा ठोक्किँदा ६ बालबालिकासहित १४ जनाको ज्यान गएको हो । विवाह समारोहबाट फर्कँदै गरेको गाडी टायर पञ्चड भएर सडकको छेउमा रोकिराखेको ट्रकमा ठोक्किएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
दुर्घटना लगत्तै उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुस्ख व्यक्त गर्दै दुर्घटना स्थलमा पुगेर आवश्यक सहयोग गर्न प्रशासनलाई निर्देशन दिनुभएको छ ।