चित्रबहादुर केसीको उपचार खर्च सरकारले बेहोर्ने !

 कोरखबर   २७ कार्तिक, २०७७



कात्तिक २७, काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचारको खर्च सरकारले बेहोर्ने निर्णय भएको छ। मन्त्रिपरिषदको आज बसेको बैठकले केसीको उपचारको खर्च बेहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

"राष्ट्रिय जनमोर्चाका अध्यक्ष, संविधानसभा सदस्य, पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीज्यूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु,"  बैठकपछि पौडेलले ट्विट गरेका छन्, "आज सम्पन्न मन्त्रिपरिषदको बैठकले उहाँको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको पनि अवगत गराउँछु।"

लामो समयदेखि विभिन्न रोगसँग जुध्दै आएका केसीमा निमोनियाको संक्रमण थियो। त्यसैबीच उनमा कोभिड १९ पनि पोजेटिभ देखियो। उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post