कोरोना विरुद्ध लड्न बाइडेनद्वारा टास्क फोर्स घोषणा !

 कोरखबर   २५ कार्तिक, २०७७



कात्तिक २५, काठमाण्डौ । राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कोरोना भाइरसको महामारी नियन्त्रणको प्रयासका लागि टास्क फोर्स घोषणा गर्नु भएको छ । १३ सदस्यीय टास्क फोर्स गठनको घोषणासँगै उहाँले महामारीलाई नियन्त्रण गर्न विज्ञान र विशेषज्ञको कुरालाई मान्ने पनि बताएका बीबीसीले  जनाएको छ ।

उहाँले कोरोना महामारीलाई नियन्त्रण गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै आउनु भएको छ । यस्तै, बाइडेनले आफ्नो जीवन रक्षाका लागि मास्क लगाउन पनि आग्रह गर्नु भएको छ । तीव्र गतिमा कोरोना भाइरसको महामारी फैलिरहेकाले मास्कको प्रयोग गर्न उहाँले अनुरोध गर्नु भएको हो ।

बाइडेनले अझै खराब अवस्था आउन सक्ने सम्भावना रहेकाले सचेत हुन आग्रह गरेका बीबीसीले जनाएको छ । कोरोना महामारीसँग जुध्न र कोरोना विरुद्धको खोप खोजीका ठूलो चुनौती रहेको पनि बताउनु भएको छ । अमेरिका कोरोना भाइरसको महामारीबाट सबैभन्दा धेरै प्रभावित भएको देश हो ।

अमेरिकामा अहिलेसम्म एक करोड ४२ लाखभन्दा धेरैलाई संक्रमण भएको छ । ६५ लाखभन्दा धेरै निको भएका छन् भने दुई लाख ४४ हजारभन्दा धेरैको ज्यान गएको छ ।



 प्रतिक्रिया


 थप अन्तर्राष्ट्रिय खबर

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !


उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !

उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !


तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !


बिहार विधानसभा बैठक :  सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !

बिहार विधानसभा बैठक : सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !


कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !


मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !

मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !


यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !

यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post