कोरोना संक्रमित महिलाको हेलिकोप्टरबाट उद्धार !

 कोरखबर   २४ कार्तिक, २०७७



कार्तिक२४ , बागलुङ । धौलागिरी अस्पताल बागलुङमा उपचाररत एक कोरोना संक्रमितलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । बागलुङ नगरपालिका–४ कि ५४ वर्षीया महिलालाई स्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार बिहान हेलिकोप्टरमार्फत काठमाडौं लगिएको हो । 

उनलाई गत शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसयता धौलागिरी अस्पतालको आइसोलेसनमा उपचार भइरहेको थियो। उनलाई अस्पतालमा अक्सिजन दिँइदै आइएको थियो । 

तर, समस्या थप जटिल बन्न सक्ने भन्दै परिवारले काठमाडौंको हेम्स अस्पताल लगिएको धौलागिरी अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिए । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post