बुटवलमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु !

    २४ कार्तिक, २०७७



कात्तिक २४,बुटवल । कोरोना भाइरसको संक्रमणबाट बुटवलमा आज थप एक जनाको मृत्यु भएको छ।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा बुटवल उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुष मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए।

स्वास्थ्यमा समस्या आएपछि उनलाई कात्तिक २२ गते अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा स्वाब परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो।

उनको उपचारकै क्रममा आज बिहान ६ बजे मृत्यु भएको डा. गौतमले बताए । उनलाई कलेजो र मृगौलासम्बन्धी समस्या रहेको अस्पतालले जनाएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post