गोरखा नगरपालिकाभित्रका विद्यालय दुई हप्ताका लागी बन्द !

 कोरखबर   २३ कार्तिक, २०७७



कार्तिक २३,काठमाडौं । गोरखा नगरपालिकाले नगर क्षेत्रका निजी तथा सामुदायिक विद्यालयमा पठनपाठन बन्द गराएको छ ।

नगरभित्रका केही विद्यालयका शिक्षकहरुमा कोरोना भाइरस संक्रमण देखिएको भन्दै कात्तिक २४ गतेदेखि मंसिर ६ गतेसम्म निजी र सरकारी विद्यालयमा पठनपाठन बन्द गराएको हो ।

नगरपालिकाले केही कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएको र कतिपय कर्मचारीमा लक्षण देखिएको भन्दै नगरपालिका र वडा कार्यालयमा पनि अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ ।

कात्तिक २४ गतेदेखि २८ गतेसम्म नगरपालिका कार्यालय र वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिएका छन् ।

पन्तले गोरखा नगरपालिका क्षेत्रबाट बाहिर जाने र बाहिरबाट आउनेहरुले टोल विकास संस्था र वडा कार्यालयमा जानकारी गराउन आग्रह गरेका छन् ।

त्यस्तै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र बैंक तथा वित्तीय संस्था, सार्वजनिक यातायात र पसलमा भिड नगरिदिन पनि उनले अनुरोध गरेका छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post