थप २८१७ जनामा कोरोना भाइरस संक्रमण !

 कोरखबर   २३ कार्तिक, २०७७



कार्तिक २३ ,काठमाडौं । पछिल्लो २४ घण्टामा थप २८१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३११ जनामा गरिएको पीसीआर परीक्षणमा २८१७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २८१२ जना रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ५७ हजार ९२६ रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५३३ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा १२९४, भक्तपुरमा ७७ र ललितपुरमा १६२ जना रहेका छन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post