कार्तिक २३,एजेन्सी ।अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित जोइ बाइडेनले पहिलो भाषणमा आफू सबैको विश्वास जित्ने पक्षमा रहेको बताएका छन् । राष्ट्रपति निर्वाचित गराउन मतदाताहरुले देखाएको विश्वासमा आफू निकै खुसी रहेको बताए ।
उनले अमेरिकी जनतालाई संबोधन गर्दै भने, ‘म यस्तो राष्ट्रपति बन्ने बचन दिनेछु जसले तोड्नुको साटो जोड्ने काम गर्नेछ । जसले रातो रङको राज्य र निलो रङको राज्य होइन, संयुक्त राज्य अमेरिका देख्नेछ । तपाईंहरु सबैको विश्वास जित्नका लागि म मनैदेखि कोसिस गर्नेछु ।’
बाइडेनले आफ्नो पहिलो काम कोरोनाभाइरसको महामारीलाई नियन्त्रणमा ल्याउने बताएका छन् । बाइडेनले भने, ‘सोमबार म एक समूहको घोषणा गर्नेछु । जसमा शीर्ष वैज्ञानिक र विशेषज्ञले हाम्रो कोभिड योजनाको विषयमा काम गर्नेछ । यो योजनालाई जनवरी सन् २०२० देखि लागू गरिनेछ ।’