अमेरिकी निर्वाचनको अन्तिम नतिजा कहिले आउँछ ?

 कोरखबर   २१ कार्तिक, २०७७



कार्तिक २१ , वाशिङ्टन । नोभेम्बर ३ मा भएको अमेरिकी निर्वाचनको अन्तिम मतगणना कहिले आउँछ भनेर विश्‍वको ध्यान केन्द्रित भएको छ । ४४ राज्यमा मतगणना सकिएको भए पनि मुख्य ६ वटा राज्यहरुको मतगणना जारी रहेको  छ ।

हालसम्म डेमोक्रेटिक उमेदवार जो बाइडेनले २५३ इलेक्टोरल कलेज मत र सत्तारुढ रिपब्लिकन उमेदवार डोनाल्ड ट्रम्पले २१४ इलेक्टोरल कलेज मत प्राप्त गरेका छन् । कुल ५३८ इलेक्टोरल कलेज मत भएको अमेरिकामा २७० इलेक्टोरल कलेज मत प्राप्त गरे विजयी हुने प्रावधान रहेको छ ।

मतगणना जारी रहेको जर्जियामा दुबै उमेदवारको कडा प्रतिष्पर्धा भइरहेको छ । यसअघि बाइडेनको अग्रता रहेको जर्जियामा अहिले डोनाल्ड ट्रम्प ६०० मतले अघि रहेका छन् ।

मतगणना स्थलमा रहेका निर्वाचन अधिकारीका अनुसार शुक्रबार नै जर्जियाको अन्तिम मतपरिणाम सार्वजनिक भइसक्ने अपेक्षा गरेका छन् ।  त्यसैगरी नेवाडामा बाइडेन ११ हजार मतले अघि रहेको छन् । नेवाडामा ८९ प्रतिशत मतगणना सम्पन्‍न भइसकेको छ । 

पेन्सलभानियामा ट्रम्पले २० हजार मतले अग्रता लिएका छन् । पेन्सलभानियामा अझै सयौं हजार मतहरु गणना गर्न बाँकी रहेको छ । यस राज्यमा हुलाकबाट आएका मतहरु गणना गर्ने काम भइरहेको छ । 

एरिजोनामा फेरि ट्रम्पले अग्रता लिएका छन् । यसअघि बाइडेनको अग्रता भएको एरिजोनामा अहिले ट्रम्पले सात हजारले मतले अग्रता लिएका छन् । 

अलास्का र नर्थ क्यारोलिनामा मतगणना जारी छ । दुबै राज्यमा ट्रम्पको अग्रता रहेको छ । तर, ट्रम्प पुनस्निर्वाचित हुने सम्भावना खुम्चिँदै गएको छ भने बाइडेन जित नजिक पुगेका छन् । 

ट्रम्प हार नजिक पुगेपछि उनले मतगणनामा धाँधली भएको आरोप लगाउँदै मतगणना रोक्‍नसमेत आग्रह गरेका थिए । —बीबीसी



 प्रतिक्रिया


 थप अन्तर्राष्ट्रिय खबर

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !


उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !

उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !


तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !


बिहार विधानसभा बैठक :  सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !

बिहार विधानसभा बैठक : सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !


कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !


मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !

मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !


यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !

यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post