२१ कार्तिक, एजेन्सी । एक इन्टेरियर डिजाइनरलाई आत्महत्याका लागि उक्साएको आरोपमा पक्राउ परेका भारतीय पत्रकार अर्नब गोस्वामीको मुद्दामा आज सुनुवाई हुँदैछ ।
बम्बे उच्च अदालतले आज रिपब्लिक टीभीका सम्पादकसमेत रहेका गोस्वामीको अन्तरिम जमानत याचिकामा सुनुवाइ गर्नेछ । उनलाई सन् २०१८ मा एक इन्टेरियर डिजाइनरलाई आत्महत्याका लागि उक्साएको अभियोगमा बुधबार पक्राउ गरेको थियो । हाल उनी १४ दिनको न्यायिक हिरासतमा छन् ।
बिहीबार, अर्नबका वकिल उच्च अदालत पुगेर एफआईआर खारेजको माग गरेका थिए । तर उच्च अदालतले अर्नबलाई अन्तरिम राहत दिन अस्वीकार गरेको थियो । तस्विर : रोयर्टस