बीपी प्रतिष्ठानमा उपचाररत थप ३ संक्रमितको मृत्यु !

    २० कार्तिक, २०७७



कार्तिक २०, सुनसरी । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान कोभिड अस्पतालमा उपचाररत कोरोना संक्रमितमध्ये थप ३ जनाको मृत्यु भएको छ । मृतकहरुमा मोरङका एक पुरुष र सप्तरीका एक महिला र एक पुरुष रहेका छन् ।

प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठकाअनुसार कात्तिक ९ गते कोरोना पोजिटिभ पुष्टि भएका मोरङका ५९ वर्षीय पुरुषलाई सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उच्च रक्तचाप र मुटु सम्बन्धी दीर्घरोगी पुरुषको बिहीबार बिहान मृत्यु भएको थियो ।

यसैगरी सप्तरीको राजविराज १ का २३ वर्षीया महिलालाई कात्तिक २८ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । रक्तअल्पता, पेन्सीटोपेनिया, हाइपोथिरोइडिज्म र पोलिस्टिक डिजिजका रोगी महिलालाई कात्तिक १८ गते कोरोना पोजिटिभ देखिएको थियो । उनको पनि बिहीबार बिहान मृत्यु भएको थियो ।

प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत सप्तरीकै राजविराज ८ का ६५ वर्षीय पुरुषलाई कात्तिक १५ गते कोरोना पोजिटिभ भएको र सोही दिन कोभिड अस्पतालमा भर्ना गरिएको थियो । दीर्घ रोग नदेखिएका उनको बिहीबार बिहान भएको प्रतिष्ठानले जनाएको छ । मृतक तीनै जनाको शवको व्यवस्थापन नियमअनुसार भइरहेको सहप्रवक्ता डा.श्रेष्ठले बताए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post