‘ह्वेलको पुच्छर’ले रोक्यो रेलको दुर्घटना, बच्यो सयौँको ज्यान !

 कोरखबर   १९ कार्तिक, २०७७



कार्तिक १९ एजेन्सी । नेदरल्याण्डमा स्टेसनको बार तोडेर अनियन्त्रितरुपमा अगाडि बढेको एउटा मेट्रो रेल ‘ह्वेलको पुच्छर’का कारण भयानक दुर्घटनाबाट जोगिएको छ ।

मिडिया रिपोर्टअनुसार घटनामा रेलको एउटा डिब्बामा क्षति पुगेको छ तथापि ह्वेलको पुच्छरको विशाल मूर्तिमा रेल अड्किएर खस्न नपाउँदा रेलका यात्रुहरुको जीवन बँचेको छ । स्टेसनबाट उछिट्एिको रेल ह्वेलको विशाल मूर्तिमा अड्किएर खस्नबाट जोगिएको तस्वीर निकै भयानक देखिन्छ । यस घटनालाई अधिकारीहरुले चामत्कारिक भनेका छन् ।

नेदरल्याण्डको स्पिजेनकिसे सहरस्थित एक मेट्रो स्टेसनमा यो दुर्घटना भएको हो । रेलले अचानक आफ्नो नियन्त्रण गुमाउँदै स्टेसनको ट्रयाकको अन्तिम विन्दुमा रहेको बारसमेत तोडेर हावामा अगाडि बढेको थियो । हावामा केहीबेर अगाडि बढेको रेल संयोगवस त्यहाँ ठडिएको ह्वेलको मूर्तिको पुच्छरको भागमा अड्किन पुग्यो र त्यसभन्दा अगाडि बढ्नबाट रोकियो ।

यदि ह्वेलको मूर्तिले मेट्रो रेललाई नरोकेको भए त्यो तल भुईँमा बजारिएर ठूलो दुर्घटना हुने र त्यसबाट भयानक मानवीय क्षति हुने आँकलन अधिकारीहरुको छ ।

घटनाको छानबिनका लागि एक टिम गठन गरी रेलको ड्राइभरसँग सोधपुछ गरिएको छ । रेलभित्रबाट यात्रुहरुलाई सुरक्षितरुपमा बाहिर निकालियो भने रेललाई पनि स्टेसनमा तान्ने प्रयास गरिएको छ ।



 प्रतिक्रिया


 थप अन्तर्राष्ट्रिय खबर

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !


उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !

उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !


तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !


बिहार विधानसभा बैठक :  सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !

बिहार विधानसभा बैठक : सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !


कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !


मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !

मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !


यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !

यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post