कोरोना संक्रमणका कारण थप चार जनाको मृत्यु !

 कोरखबर   १९ कार्तिक, २०७७



१९ कार्तिक, काठमाडौं । कोरोना संक्रमणका कारण थप चार जनाको मृत्यु भएको छ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

इटहरी–६ सुनसरीकी ९ वर्षीया बालिका र धरान–१ सुनसरीकी ६१ वर्षीया महिलाको आज बिहान मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा।आशिष श्रेष्ठले जानकारी दिनुभयो ।

६५ वर्षीया महिलामा गत असोज ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी कात्तिक ५ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएकी थिइन् । श्वास प्रश्वास र उच्च रक्तचापबाटसमेत पीडित उनको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसैगरी इटहरी–६ सुनसरीकी ९ वर्षीया बालिकाको पनि आजै मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

यता चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा राप्ती नगरपालिका–१० बस्ने ३९ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो । श्वासप्रश्वाशमा समस्या भएपछि कात्तिक १५ गतेदेखि उनको आइसीयुमा उपचार गर्ने क्रममा आज मृत्यु भएको हो । गुल्मीको गुल्मीदरबार गाउँपालिका–६ का ८५ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा उपचाका क्रममा मृत्यु भएको हो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post