१९ कार्तिक, एजेन्सी । अमेरिकी राष्ट्रपतीय चुनावको मतगणना आउने क्रम जारी छ ।मतदान सकिएसँगै केही स्थानमा मतपरिणाम आउन सुरू गरेका छन् । कूल ५३८ इलोक्ट्रोरल मतमध्ये जितका लागि २७० इलोक्ट्रोरल मत आवश्यक छ ।
यो समाचार तयार पार्दासम्म सार्वजनिक मतपरिणामअनुसार प्रतिस्पर्धी बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले अग्रता लिएका छन् । जितका लागि चाहिने २७० इलेक्ट्रोरल मतमध्ये डेमोक्रेटिक उम्मेदवार बाइडेनले २२३ र रिपब्लिकनका डोनाल्ड ट्रम्पले २०४ मत प्राप्त गरेका छन्।
यी हुन् निर्णायक राज्य
यो चुनावमा सबैभन्दा धेरै इलोक्ट्रोल भोट ५५ रहेको राज्य क्यालिफोर्नियासहित फ्लोरिडा, एरिजोना, पेन्सलभेनिया, मिचिगन, विसकन्सिन, नर्थक्योरिलना र जर्जियाको इलोक्ट्रोल भोट निर्णायक हुनेछ ।
यी राज्यहरुमा जुन उम्मेदवारले अग्रता कायम गर्दै वर्चस्व कायम गर्नेछन् उनकै जित निश्चित हुनेछ । कूल ५३८ इलोक्ट्रोन मतमध्ये २७० मत ल्याउने उम्मेदवार राष्ट्रपतिको पदमा निर्वाचित हुन पाउँछन् । कतिपय अवस्थामा यो व्यवस्थाले जनताको मत अत्यधिक पाएर पनि विजयी हुन नसकेका उदाहरण छन् ।
सन् २०१० को जनगणनामा आधारित भएर २०१२, २०१६ र २०२० को निर्वाचनमा कूल ५३८ इलोक्ट्रोल मत विभाजन गरिएको छ । सात वटा राज्यबाट तीनरतीन भोटको गणना हुन्छ । यसरी इलोक्ट्रोल कलेजको गणना गर्दा हरेक राज्यको जनसङ्ख्या, सिनेटरको सङ्ख्या र काँग्रेसनल डिष्ट्रिकको समानुपातिक मतका आधारमा चयन गरिन्छ ।