बलिउडका महानायक अमिताभ बच्चनविरुद्ध मुद्दा !

 कोरखबर   १८ कार्तिक, २०७७



कार्तिक १८, मुम्बइ। बलिउडका महानायक अमिताभ बच्चनविरुद्ध मुद्दा दर्ता भएको छ । अमिताभ बच्चनले संचालन गर्दै आएको टेलिभिजन शो कौन बनेगा करोडपतिका कारण अमिताभसहित केबीसीको निर्माण टिमविरुद्ध मुद्दा दर्ता भएको हो । लखनउमा दर्ता भएको केसमा अमिताभ र केबीसीका निर्माताविरुद्ध हिन्दुहरुको भावनामा ठेस पुर्याएको आरोप लगाइएको छ ।

बिहीबार राती प्रशारण भएको कर्मवीर विशेष भागमा अमिताभ बच्चनले सोधेका थिए ‘२५ डिसेम्बर १९२७ मा डा. भीमराव अम्बेडकर र उनका अनुयायीहरुले कुन धर्मग्रन्थको प्रति जलाएका थिए ?’ यसको जवाफको लागि ४ विकल्पहरु विष्णु पुराण, भागवत गीता, ऋग्वेद र मनुस्मृति थिए ।

यो प्रश्नको जवाफका विकल्पहरुमा सबै हिन्दू धर्मग्रन्थ मात्र भएपछि अमिताभ बच्चन विवादमा परेका हुन् । हिन्दू धर्मका मात्र ग्रन्थको विकल्प दिएर हिन्दूहरुको भावनामा चोट पुर्याएको आरोपसहित उजुरी दर्ता भएको हो ।

सबै हिन्दू धर्मका ग्रन्थहरुको मात्रै विकल्प दिइएपछि सामाजिक संजालमा पनि अमिताभको आलोचना भइरहेको छ । सामाजिक संजालमा ‘के अमिताभले भागवत गीता र ऋग्वेदको स्थानमा बाइबल र कुरान राख्ने सक्थे ?’ भनेर प्रश्न उठाइएको छ ।



 प्रतिक्रिया


 थप अन्तर्राष्ट्रिय खबर

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !


उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !

उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !


तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !


बिहार विधानसभा बैठक :  सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !

बिहार विधानसभा बैठक : सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !


कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !


मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !

मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !


यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !

यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post