कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ लाख नाघ्यो !

 कोरखबर   १७ कार्तिक, २०७७



कार्तिक १७, काठमाडौँ । विश्वभर कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२ लाख नाघेको छ । सोमबार बिहानसम्म विश्वमा १२ लाख ५ हजार ४४ जना संक्रमितको मृत्यु भइसकेको वर्ल्डोमिटर्सले जनाएको छ ।

आइतबार विश्वभर ४ लाख ३६ हजारभन्दा बढी नयाँ संक्रमणका केस पुष्टि भएका छन् भने भाइरस संक्रमणका कारण ५ हजार ३०० जनाले ज्यान गुमाएका छन् ।

तथ्यांक अनुसार सबैभन्दा बढी मृत्यु संयुक्त राज्य अमेरिकामा भएको छ । त्यहाँ अहिलेसम्म कोरोना भाइरसबाट २ लाख ३६ हजार ४७१ जनाले ज्यान गुमाइसकेका छन् । आइतबार अमेरिकामा ३९९ संक्रमितको ज्यान गएको छ भने ७१ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । अहिले अमेरिकामा ३१ लाख ३३ हजारभन्दा बढी सक्रिय संक्रमित रहेको बताइएको छ ।

दोस्रो बढी मृत्यु हुनेमा दक्षिण अमेरिकी राष्ट्र ब्राजिल रहेको छ । त्यहाँ सोमबार बिहानसम्म कोरोना भाइरसका कारण १ लाख ६० हजार १०४ जनाले ज्यान गुमाएका छन् । आइतबार त्यहाँ २०२ जनाको मृत्यु भएको छ भने १० हजार १०० नयाँ संक्रमित थपिएका छन् । हाल ब्राजिलमा सक्रिय संक्रमित भने ४ लाख ४ हजार ६५९ मात्र रहेका छन् ।

तेस्रो बढी मृत्यु हुनेमा एशियाली मुलुक भारत रहेको छ । भारतमा अहिलेसम्म कोरोना संक्रमणका कारण १ लाख २२ हजार ६४२ जनाको मृत्यु भएको छ । त्यहाँ आइतबार मात्र ४९३ जनाले ज्यान गुमाएका छन् भने ४६ हजार ४४१ नयाँ संक्रमित थपिएका छन् । हाल भारतमा ५ लाख ६३ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

भारतपछि मेक्सिको बढी मृत्यु भएको देखिन्छ । त्यहाँ हालसम्म कोरोनाबाट ९१ हजार ७५३ जनाले ज्यान गुमाएका छन् । आइतबार त्यहाँ ४६४ को ज्यान गएको छ भने ६ हजार १५१ नयाँ संक्रमित थपिएका छन् ।

युरोपेली मुलुकमा सबैभन्दा बढी मृत्यु भने बेलायतमा र त्यसपछि इटलीमा भएको छ । बेलायतमा कोरोना संक्रमणबाट अहिलेसम्म ४६ हजार ७१७ जनाको ज्यान गएको छ भने इटालीमा ३८ हजार ८२६ जनाले ज्यान गुमाएका छन् ।

त्यसपछि बढी मृत्यु हुनेमा क्रमशः फ्रान्स, स्पेन, इरान, पेरु, कोलमम्बिया र अर्जेन्टिना रहेका छन् । ती देशमा कोरोना भाइरसबाट ३० हजारभन्दा बढीको मृत्यु भएको छ । रूसमा भने २८ हजार ३३५ जनाले ज्यान गुमाएका छन् ।

यी १३ देशमा मात्रै कोरोनाबाट ९ लाख ३० हजारबढी मानिसको मृत्यु भएको छ । 

 



 प्रतिक्रिया


 थप अन्तर्राष्ट्रिय खबर

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !

फ्रान्सका राष्ट्रपतिमाथि फेरि दुर्व्यवहार , समारोहमै हानियो अण्डा !


उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !

उत्तर कोरियाले प्रहार गर्‍यो दुई ओटा क्षेप्यास्त्र !


तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

तालिबान सरकारमा विभाजन, उपप्रधानमन्त्री बरादरले काबुल छाडे !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !

पाकिस्तानमा शिक्षक अभाव , हजारौँ सार्वजनिक बिद्यालय बन्द !


बिहार विधानसभा बैठक :  सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !

बिहार विधानसभा बैठक : सांसदमाथि प्रहरीले लात्ती र मुक्का बर्सायो !


कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

कोलोराडो आक्रमण : सशस्त्र व्यक्तिले गोली चलाउँदा एक प्रहरी अधिकारीसहित १० जनाको मृत्यु !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !

डब्लुएचओको अनुसन्धान टोली चिनको उहान बजारमा !


मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !

मलेसियामा संकटकाल घोषणा, संसद निलम्बन !


यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !

यमनमा मन्त्रिपरिषदका सदस्यलाई लक्षित गरी आक्रमण, २२ को मृत्यु !



विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post