चितवनमा थप दुई संक्रमितको मृत्यु !

 कोरखबर   १७ कार्तिक, २०७७



कात्तिक १७, काठमाडौं। चितवनमा कोभिड १९ सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ।

चितवन भरतपुर महानगरपालिका-१० बस्ने ७९ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ। उनी आइतबार  कोभिड सङ्क्रमण सहित श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएका थिए। उनलाई कार्तिक १३ गते कोभिड-१९ पोजेटिभ पुष्टी भएको थियो। उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो।

त्यस्तै धादिङ नीलकण्ठ नगरपालिका-३ बस्ने ६१ वर्षीय महिलाको पनि मृत्यु भएको छ। कार्तिक ५ गते कोभिड-१९ पुष्टिसँगै उनलाई भरतपुर अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्यमा जटिल भएपछि कोभिड आइसियु वार्डमा राखेर उपचार भइरहेको अवस्था उनको पनि आजै बिहान मृत्यु भएको हो।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post