कोरोना संक्रमणबाट सशस्त्र प्रहरीका सईको निधन !

 कोरखबर   १६ कार्तिक, २०७७



कात्तिक १६, काठमान्डौ । कोरोना भाइरस संक्रमणबाट सशस्त्र प्रहरी बल, नेपालका प्रहरी नायब निरीक्षक (सई) को निधन भएको छ ।

बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारको क्रममा सई नगेन्द्र खड्काको शनिबार मृत्यु भएको हो । अस्पतालको वार्डमा उपचाररत कोरोना संक्रमित सई खड्काको निधन भएको सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालले पुष्टि गरे ।

प्रेसर सुगर रोगको बिरामी खड्काको आईसीयूबाट वार्डमा सारिएको दिन निधन भएको अस्पताल प्रशासनले जनाएको छ । उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारको लागि लुम्बिनी अस्पतालबाट असोज २० गते सशस्त्र प्रहरी अस्पताल बलम्बु ल्याइएको थियो ।

दैलेख घर भएका खड्का अर्घाखाँची गुल्ममा कार्यरत थिए । काठमाडौँ उपत्यकामा कोरोनाबाट मृत्यु हुने खड्का सशस्त्र प्रहरीका पहिलो कर्मचारी हुन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post